१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Friday, 09 May, 2025
२o७८ मङ्सिर ११ शनिबार १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : अझै सुरु भएन बन्दसत्र, सहमतिको प्रयास जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार १३:१o:oo

नेकपा एमालेको जारी दशाैँ महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। शनिबार बिहान छिट्टै बन्दसत्र सुरु गर्ने भनिए पनि पदाधिकारी चयनमा सहमति नभएपछि बन्दसत्रमा ढिलाइ भएको हो।

आकांक्षी धेरै भएकाले पदाधिकारीको संख्या बढाइए पनि सर्वसम्मतिमा नटुंगिने देखिएपछि बन्दसत्रमा ढिलाइ गरिएको हो। महाधिवेशनको उद्घाटन सकिएपछि शुक्रबार मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरी पदाधिकारी संख्या बढाएको थियो। यद्यपि, आकांक्षीहरूले आ–आफ्नो पक्षमा लबिङ गरिरहेका छन्।

पदाधिकारी चयनमा सहमति जुटाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्य र विभिन्न प्रदेशका सदस्यहरूसँग विभिन्न चरणमा समूह–समूहमा छलफल गरिरहेका छन् । अध्यक्षमण्डलको घोषणा भएसँगै बन्दसत्र सुरु हुने निर्वाचन अधिकृत विजय सुब्बाले जानकारी दिए। उनले भने, 'अध्यक्षमण्डलको घोषणा भएसँगै बन्द सत्र सुरु हुन्छ । त्यसपछि मात्रै निर्वाचन प्रक्रिया सुरु हुन्छ।'