१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक सुरु हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:५९:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक चितवनको सौराहामा सुरु हुँदै छ । १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थल सौराहामा एमालेको वर्तमान कमिटीको अन्तिम बैठक बस्न लागेको हो। ८ बजेदेखि सुरु हुने भनिएको बैठक महाधिवेशनको उद्घाटन समारोहमा आएका सवारीसाधनले भएको जामका कारण केही ढिलाे हुने भएको छ। 

बैठकमा स्थायी कमिटीले प्रस्ताव गरेअनुरूप बन्दसत्रमा पेस हुने कार्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्तावसमेत गर्नेछ ।

महाधिवेशनको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री, विभिन्न दलका नेता र कार्यकर्तालाई धन्यवाद ज्ञापन बैठकबाट गरिने ज्ञवालीले बताए। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ। 

ad
ad