१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format २o:o५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस गण्डकी सभापतिका लागि पाँचजना आकांक्षी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o५:oo

गण्डकी प्रदेशमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएसँगै सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको महाधिवेशन केन्द्रित सरगर्मी ह्वात्तै बढेको छ । कांग्रेसको यही १६–१७ गते हुने प्रदेश महाधिवेशनका लागि नेतृत्व दाबी गर्दै नेताहरु उम्मेद्वारी सार्वजनिक गर्ने क्रममा छन् भने केहीले उम्मेद्वारी सार्वजनिक नगरी सचिवालय नै खडा गरेर नेता कार्यकर्ता भेटघाटलाई तीब्रता दिन थालेका छन् ।

कांग्रेस प्रदेश सभापतिका लागि हालसम्म पाँच जना नेताहरुको नाम चर्चामा छ । यसरी उम्मेद्वारी दिने भन्दै चर्चामा रहेकामा एक जना केन्द्रीय सदस्यसहित जिल्लाको नेतृत्व गरिसकेका र पार्टीका विभिन्न निकायमा सक्रिय नेताहरु छन् । प्रदेश सभापतिमा कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेसका पुराना नेता शुक्रराज शर्मा, कास्कीमा बौद्धिक नेता देवराज चालिसे र  तनहुँका रघु पौडेलको नाम चर्चामा छ । 

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका अर्जुन जोसीले आफू सधैं क्रियासिल रहेर काम गर्ने भएकाले पार्टीका नेता कार्यकर्ताको सल्लाह बमोजिम अगाडि बढ्ने बताए । उनले आफूले सुरुमा केन्द्रीय सदस्यमै लड्ने योजना बनाएपनि प्रदेशमा नेतृत्व गर्नुपर्छ भन्ने सल्लाह आएको जानकारी दिए । ‘म काम गर्ने मान्छे हुँ । सबै साथीहरुले प्रदेशमा नेतृत्व गरेर काम गर्नुस भन्नुभएको छ । मैले पनि सल्लाह गरेर अगाडि बढ्ने सोचेको छु । प्रदेशलाई पनि राम्रो बनाउनुपर्ने दायित्व छ’ उनले भने । 

कांग्रेसका पुराना नेता शुक्रराज शर्माले यसपाली अरु जो उठेपनि आफू प्रदेश समिति सभापति बन्ने दाबी गरे । जिल्लामा लामोसमय नेतृत्व गरेको । निष्ठाको राजनीति गरेको र कांग्रेसलाई सिद्धान्त निष्ट र बलियो बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको उनले सुनाए । ‘सिद्धान्त निष्ट कांग्रेसका लागि म प्रदेशको सभापतिमा उठ्छु । बलियो कांग्रेस आजको आवश्यकता हो । मैले मेरो कार्यकालमा जिल्ला सभापति हुँदापनि राम्रो काम गरेको छु । इमान्दार र निष्ठावान भएर काम गरेको छु । यहाँका हरेक कार्यकर्ताको भावना बुझेको छु । मलाई उहाँहरुले प्रदेश सभापतिको रुपमा हेर्न चाहनु भएको छ’ उनले भने ।

कांग्रेस कास्कीका अर्का पूर्वसभापति एवं पूर्वमन्त्री समेत रहेका यज्ञबहादुर थापाले आफ्नो प्रदेश सभापतिको आकांक्षा स्वभाविक रहेको बताएका छन् । आफू निरन्तर कांग्रेसमा चालिस वर्षदेखि सक्रिय रहेको चर्चा गरेका उनले कांग्रेसका हरेक नेता कार्यकर्ताको मन मस्तिष्कमा रहेको बताए । केन्द्रीय नेताहरुले नै आफूलाई तिमी अब प्रदेशको सभापति बन्नुपर्छ भनेको उनले दाबी गरे । ‘म हरेक नेता कार्यकर्ताको घरमा पुगेको छु । गण्डकी प्रदेशका चप्पा चप्पामा म पुगेको छु । उहाँहरुको दुखसुखमा सामेल भएको छु । म प्रदेशको सभापति बन्ने पार्टीको पनि आवश्यकता हो’ उनले भने । नेता थापाले लेकसाइडमा आफ्नो सचिवालय नै खोलेर प्रचार अभियानलाई तीब्रता दिएका छन् । 

कांग्रेस कास्कीमा बौद्धिक नेताको परिचय बनाएका देवराज चालिसेले बुधबार प्रदेश समिति सभापतिका लागि प्रत्रकार भेटघाट कार्यक्रम नै गरेर उम्मेद्वारी घोषणा गरेका छन् । उनले कांग्रैस सैद्धान्तिक रुपमा र सांगठनिक रुपमा पनि बलियो बनाउनका लागि आफू प्रदेश सभापतिमा उठ्ने बताएका छन् । ‘कांग्रेसको सैद्धान्तिक धरातललाई माथि उठाउनुपर्ने छ । यसका कार्यकर्तामा नयाँ उत्साह ल्याउन सांगठनिक रुपमा पनि पार्टीलाई बलियो बनाउनुपर्ने छ । त्यसका लागि मेरो उम्मेद्वारी हो’ उनले भने । 

तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेलले पनि आफू प्रदेश सभापतिका लागि उम्मेदवार बनेको घोषणा गरिसकेका छन् । उनले तनहुँमा सचिवालय नै स्थापना गरेर नेता कार्यकर्तासंगको भेटघाटलाई महाधिवेशन प्रतिनिधि छनोट हुनु अगाडिबाटै तीब्रता दिएका हुन् । पैसा र गुण्डागर्दीका राजनीति पार्टीमा प्रवेश गर्दा समस्या आएको टिप्पणी गरेका उनले आफू सभापति भएपछि त्यसको अन्त्य गर्ने र संस्कारको राजनीति स्थापित गर्ने दाबी गर्छन् । ‘पार्टीमा नीति र पद्धति होइन, व्यक्ति हाबी भयो । यसको अन्त्यका निम्ति प्रदेश सभापतिमा मेरो उम्मेदवारी हो’ उनले भने ।

नेपाली कांग्रेसले संघीयताको मर्म अनुरुप पहिलो पटक प्रदेश संरचनालाई आत्मसात गरेको छ । कांग्रेस प्रदेश कार्यसमितिमा सभापति एक, उपसभापति २, महामन्त्री २ र १ महिलासहित ३ जना सहमहामन्त्री हुनेछन् । प्रदेश सभापतिले निर्वाचित सदस्यहरुबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट १ जना कोषाध्यक्ष चुनिने छन् ।