१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्री स्टार पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत शुक्रबार भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटाले थ्री स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो। यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो। सातदोबाटोका लागि सुदीप गुरुङले निर्णायक गोल गरे। उनले  खेलको २९औँ मिनेटमा गोल गरेका हुन्। 
    
जितसँगै सातदोबाटोले चार अंक जोडेको छ । थ्री स्टारको तीन अंक छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो।