१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
२o८२ असार २१ शनिबार १o:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनयुद्धमा शहीद भएका दुई छोराका नाममा बुबाद्धारा विद्यालयलाई जग्गा दान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार १o:४२:oo

जनयुद्धमा शहीद भएका आफ्ना दुईजना छोराको नाममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित खुटाका स्थानीयवासी गणेशबहादुर कार्कीले बालोद्धय आधारभूत विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन्। शहीद कैलाश कार्की र थिरबहादुर कार्कीको नाममा बुबा गणेशबहादुरले विद्यालयलाई पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।  

गणेशबहादुरले आफ्नो नाममा रहेको जग्गाले मात्र विद्यालयका लागि आवश्यक ठाउँ नपुग्ने भएपछि छिमेकी सीता नेपालीको जग्गा समेत खरिद गरेर विद्यालयको नाममा दिएको विद्यालय प्रशासनले जनाएको छ। पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गणेशबहादुरका छोराहरु कैलाश र थिरबहादुर कार्कीलाई तत्कालीन शाही सेनाले वि.सं. २०६० भदौ–१७ गते गोली हानेर हत्या गरेको थियो। 

सेनाद्धारा मारिएका कैलाश कार्की बालद्धय आधारभूत विद्यालयको शिक्षक थिए। शहीद कैलाशको भाइ श्यामसुन्दर कार्की अहिले पनि सोही बालद्धय आधारभूत विद्यालयमा शिक्षण पेसामा आवद्ध छन्।कार्की परिवारले विद्यालयलाई आफ्नो गाँस काटेर जग्गा उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक मणिराम कोईरालाले बताएका छन् ।

‘शहीद कार्की दाजुभाइको सम्झनामा परिवारले उपलब्ध गराएको जग्गामा चारकोठे पक्की भवन बनाइएको छ। यो जग्गा नभएको भए भवन बनाउने ठाउँ नै थिएन’, उनले भने, ‘भवन निर्माणका लागि आवश्यक जग्गा पहिले नै उपलब्ध गराउनुभएको थियो। भवन बनिसकेपछि विद्यालयको नाममा पास गरिदिनुभएको छ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र गाउँपालिकाको लागत सहभागितामा पक्की भवन निर्माण भएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै हाललाई त्यस विद्यालयमा कक्षा कोठाको अभाव त देखिदैन तर, व्यवस्थित र सुविधासम्पन्न भने भइसकेका छैनन् ।विद्यालयमा पुग्दो विद्यार्थी संख्या  भएपनि अन्य विद्यालयको तुलनमा शिक्षक संख्या अभाव रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।