मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १० शुक्रबार १६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टेलिफोनबाटै प्रचण्डले गरे गाउँपालिका सम्मेलनकाे सम्बोधन

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १६:३१:००

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोनबाटै सम्बोधन गरेका छन्। प्रचण्ड काभ्रेको दुई स्थानमा हेलिकोप्टरमार्फत आउने कुरा थियो । मौसम खराबी भएको भन्दै उनले टेलिफोनबाटै सम्बोधन गरेका हुन्। 

शुक्रबार प्रचण्ड नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलन र महाभारत गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्न काभ्रे आउने तयारी थियो । खराब मौसमका कारण काभ्रे आउन नसकेको उनले टेलिफोन सम्बोधनमा बताएका छन् । उनी  काभ्रे आउनको लागि नेकपा एमालेको चितवनमा भएको दशाैँ महाधिवेशनमा जाने कार्यक्रमलाई स्थगित गरी बसेका थिए ।

मौसमका कारण उडान भर्न नसकेको र तीन घन्टादेखि आफू कुरिरहेको फोनबाट बताएका छन् । दुई ठाउँमा गरी झन्डै २० मिनेट लामो सम्बोधनको क्रममा प्रचण्डले आफू उपस्थित नभए पनि डाँडापारिवासीको स्थानीयको समस्याहरू समाधानका लागि आफू लागिपर्ने बताएका छन् । 

टेलिफोन सम्बोधनमा उनले डाँडापारिवासी खानीखोला र महाभारत गाउँपालिकाका जनताको समस्याको समाधानका लागि मन्त्रालयमा पुगेर कुरा राख्ने बताए । जिल्ला सदरमुकामदेखिको सडक निर्माण तथा स्तरोन्नतिका लागि मन्त्रालयमा कुरा गर्ने उनले बताए ।