१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको प्रश्न– शान्तिप्रक्रिया के कारणले टुंगिन सकेन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा अझै द्वन्द्वका घाउहरू रहेको बताएका छन्। दशौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले शान्तिप्रक्रिया टुंग्याउनुपर्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम नदिईकन शान्तिप्रक्रिया टुंग्याउन केले छेक्यो भन्दै प्रश्न गरे। 

‘अझै द्वन्द्वका घाउहरू छन्। शान्तिप्रक्रिया टुंग्याउन बाँकी छ। घाइतेहरूको उपचार किन हुँदैन। शान्तिप्रक्रिया किन टुंगो लाग्दैन। बहिर्गमित लडाकुको समस्या किन समाधान हुँदैन,’ उनले प्रश्न गरे। द्वन्द्वका कारण हिजो घरबारविहीन भएकाहरूलाई रोजगारी दिन उनले आग्रह गरे। पार्टीको महाधिवेशन सम्पन्न हुनेबित्तिकै पूर्वलडाकुको समस्या समाधानमा एमालेले काम गर्ने उनको भनाइ छ। ‘दशौँ हजार लडाकु एमालेमा प्रवेश गर्दै हुनुहुन्छ,’ ओलीको दाबी छ। 

‘हिजो त्याग कसका लागि रहेछ कसलाई मेयर र मन्त्री बनाउन रहेछ। राजमार्ग त तपाईंहरूले बनाउनुभयो, तर त्यसको फाइदा लिनेहरू को भए देख्नुभएको छ। नेकपा एमाले पूर्वलडाकुहरूको पनि पार्टी हो भ्रममा नपर्नुस्,’ ओलीले भने।

शान्तिप्रक्रिया सही ढंगले टुंग्याउनुपर्ने उनको भनाइ छ। त्यो एमालेले गर्ने उनले बताए। प्रधानमन्त्रीले चाहेर पनि शान्तिप्रक्रिया टुंग्याउन नसक्ने उनको टिप्पणी छ।