१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Friday, 09 May, 2025
बेलायती प्रधानमन्त्री बोरिस जोनसन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन
२o७८ मङ्सिर १० शुक्रबार १३:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रधानमन्त्री जोनसनको पत्रपछि फ्रान्सद्वारा बेलायती मन्त्रीसँगको भेट रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १३:५६:oo

फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले शुक्रबार बेलायती समकक्षी प्रिती पटेललाई उनले आप्रवासी संकटमा प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक गरेको पत्रको विरोधमा उनीसँग तय भएको सप्ताहन्तको वार्ता रद्द गरेको बताएका छन्।

समाचार संस्था एएफपीका अनुसार दरमानिनले पटेललाई जोनसनले राष्ट्रपति इमानुएल म्याक्रोनलाई पठाएको पत्रलाई फ्रान्सले च्यानल पार गर्ने आप्रवासीहरूलाई फिर्ता लैजानु भनेको विषयले थप निराश पारेको जनाएका छन्। उनले भने, ‘यस्ता विषयलाई यसरी सार्वजनिक बनाउनुले वातावरण अझ नराम्रो बनाएको छ। त्यसैले मैले आइतबारका लागि क्यालासमा तय हाम्रो बैठक रद्द गर्न आवश्यक ठानेको छु।’ रासस