१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्यान्डबाट आज चीन लगिएको छ। माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार उनलाई थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो।

विगत डेढ महिनादेखि उनको थाइल्यान्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो। जटिल प्रकारको जन्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो।

नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शिला पनि बैंककबाट चीनको सेनजेन गएका छन्। जन्डिसले पिरोलेपछि नेता पुनलाई गत असोज १३ गते बैंककको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईंले बताए। रासस