मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १० शुक्रबार १२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाभियोगबारे गठबन्धनका दलसँग छलफल गरेर निष्कर्ष निकाल्छु : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १२:२२:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे गठबन्धनका दलहरूसँग छलफल गर्ने बताएका छन्। शुक्रबार नेपाल बार एसोसिएसनको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले महाभियोगबारे गठबन्धनका दलहरूसँग छलफल गर्ने प्रतिक्रिया दिएका हुन्।

बारका १८ प्रतिनिधिहरूले जबरालाई महाभियोग लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। ‘हामिले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशले न्याय सम्पादन गर्न नसकेकोबारेमा जानकारी गरायौँ। २० हजार कानुन व्यवसायी प्रधानन्यायाधीशले डाकेको बेन्चमा जानुहुन्न भन्यौँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले मलाई यस विषयमा जानकारी छ, यो विषयमा मेरो पनि ध्यानाकर्षण भएको छ, सत्तागठबन्धनको बैठकमा यो कुरा राख्छु भन्नुभयो। यो विषयलाई मैले गम्भीरतापूर्वक लिएको छु पनि भन्नुभयो।’

प्रधानमन्त्रीसँगको छलफलमा पूर्वसभामुख दमननाथ ढुंगाना, बारका पूर्वअध्यक्ष शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, सर्वाेच्च बारका अध्यक्ष पूर्णमान श्रेष्ठलगायतको सहभागिता रहेको थियो।