
बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ४५ रुपैयाँले घटेकाे छ । सुनको मूल्य तोलामा दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर रु. दुई हजार ५५० मा किनबेच हुँदै छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।