१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाै‌
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशविरुद्धकाे आन्दोलन सफलता उन्मुख छ : सर्वाेच्च बार अध्यक्ष शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विगत एक महिनादेखिको आन्दोलन सफलता उन्मुख भएको बताएका छन्। बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासपछि भएको कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘अदालतको विसंगति हटाउन अब प्रधानन्यायाधीश जबराले सर्वोच्च फर्केर न्यायसम्पादन गर्ने अवस्थाको अन्त्य भएको छ। आन्दोलन सफलता उन्मुख छ। प्रधानन्यायाधीशको राजीनामापछि अझै न्यायिक शुद्धीकरणको आन्दोलन अगाडि बढ्छ।’

अध्यक्ष शाक्यले न्यायालयका विकृति, विसंगति हटाउन राजनीतिक दलहरू चुकेको भन्दै दलहरूप्रतिको आशा समाप्त भएमा जनता आफैँ जाग्ने पनि बताए।