१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३४:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

साइडवेज मुभमेन्टमा नेप्से, २७ सयमै थामियो बजार  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३४:oo

साताको अन्तिम दिन बिहीबार नेप्से ३ दशमलव २२ अंकले घटेर दुई हजार सात सय ३१ मा आएसँगै बजार बन्द भएको छ। लामो समयदेखि साइडवेज मुभमेन्टमा देखिएको नेप्से दुई हजार सात सयमुनि नजाने र तीन हजार आसपास पुगेर ओर्लिने गर्दै आएको छ। 

एउटा ग्राहकले प्रतिबैंक चार करोड र पूरै प्रणालीबाट १२ करोड रुपैयाँ कर्जा लिन पाउने व्यवस्थामा संशोधनको अपेक्षामा पछिल्लो समय बजार घटबढ हुँदै आएको छ। बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको दबाबसमेत बजारमा छ। यद्यपि चालू आवको लाभांश प्राप्त गर्ने अवधि बाँकी नै रहेकोले बजार धेरै तल ओर्लिएको छैन। लगानीकर्ताहरू नीतिगत फेरबदलको अपेक्षामा पर्ख र हेरको अवस्थामा छन्। 

केही वर्षअघिसम्म पुससँगै सेयर बजारमा मौसमी प्रभाव रहने गर्दै आए पनि पछिल्लो समय यो प्रभाव घटिरहेको देखिन्छ। यद्यपि सो अवधिसम्म पनि तरलता दबाबमा सुधार नदेखिएमा भने यसपटक त्यस्तो प्रभाव पुनः देखिन सक्छ र बजार केही घट्न सक्छ। किनकि लगानीयोग्य पुँजी नहुनु र लाभांश प्राप्तका लागि पनि एक वर्षसम्म कुर्नुपर्ने अवस्था रहनुले यस्तो प्रभाव पर्न सक्छ।  

चैतपछि भने कम्पनीहरूको चालू आवमा हुन सक्ने नाफाको आकलन, लाभांशको प्रक्षेपणले बजारलाई पुनः चलायमान बनाउन सक्नेछ। यससँगै यदि यसबीच राष्ट्र बैंकबाट सेयर धितो कर्जाको मूल्यांकन वा कर्जा सीमामा हेरफेरजस्ता अन्य नीतिगत निर्णयहरू भएमा भने बजारले त्यसैअनुसार दिशा निर्धारण गर्नेछ। 

बिहीबार दुई सय ३३ धितोपत्र तथा ऋणपत्रहरू (स्क्रिप्स) को कारोबार भएकोमा ८१ वटा स्क्रिप्सको मूल्य बढेर कारोबार भएको छ भने एक सय ३३ वटाको मूल्य घटेको छ। बिहीबार नेप्सेको एडी रेसियो (घट्ने र बढ्ने कम्पनीको अनुपात) एकभन्दा मुनि छ। यसले यस दिनको बजार वियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ। 

कारोबार रकममा यस दिन १० प्रतिशतले गिरावट आएको छ। यस दिन ७४ लाख कित्ता/इकाइ सेयरको किनबेच हुँदा तीन अर्ब ७८ करोडको कारोबार भएको हो। बुधबार चार अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। यस दिन समृद्धि फाइनान्स र सामलिङ पावरको मूल्य सबैभन्दा धेरै आठदेखि करिब १० प्रतिशतसम्म बढेको छ। बिहीबारबाटै पहिलो कारोबार गरेको सामलिङको १० कित्ताभन्दा कम सेयर कारोबार गरेर पनि मूल्य बढाउन थालिएको नेप्सेको फ्लोर सिटबाट देखिन्छ।  कम्पनीले पहिलो कारोबारका लागि पाएको माथिल्लो रेञ्ज दुई सय ९६ बाटै सेयर किनबेच भए पनि एक–दुई कित्ताको समेत कारोबार गरेर मूल्य बढाइएको छ। तीन सय २० रुपैयाँसम्म कारोबार भए पनि अन्तिम कारोबारमा तीन सय १७ रुपैयाँको दरमा तीन कित्ता सेयर किनबेच भएको हो। पहिलो कारोबारका लागि ९४ देखि दुई सय ८२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाएको न्यादीको भने कुनै पनि कारोबार हुन सकेन। 

सूचीकरणपछि लगातार उच्च दरमा बढिरहेको मानुषी लघुवित्तको वृद्धिमा रोक लागेको छ। करिब दुई हजार दुई सयसम्ममा कारोबार भएपछि  पुगेपछि मनुषीको मूल्य घट्न थालेको हो। बिहीबार कम्पनीको मूल्य एक हजार आठ सय ६० रुपैयाँसम्ममा कारोबार भएको छ। यस दिन बैंकिङ, होटेल र टेलिकम सूचीकृत अन्य समूहको परिसूचकमा मात्रै सुधार देखिएको छ। ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक भने यस दिन सीमान्तदरमा बढेको छ। 

सेयर गतिविधि 
ज्योति विकास बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिले ११ प्रतिशत बोनस र चार दशमलव पाँच प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। साना किसान विकास लघुवित्तको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र एक दशमलव ३१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ। 

कालिका माइक्रोफाइनान्सको सञ्चालक समितिले पनि १३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ। यी सबै कम्पनीको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र सम्बन्धित कम्पनीहरूको साधारणसभाबाट पारित हुन बाँकी छ।