मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार १५:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेसी तोकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार १५:२०:००

सर्वोच्च अदालतमा अब गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको हो।

सर्वोच्चमा प्रधानन्यायाधीशको तजबिजमा पेसी तोकिँदै आएकोमा अबदेखि गोलाप्रथा लागू हुन लागेको हो। यसअघि गोलाप्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्चको नियमावली संशोधन गरिएको थियो।