मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Thursday, 13 August, 2026
२o७८ मङ्सिर ९ बिहीबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखन र बालविवाह कसुरमा तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १३:५५:oo

जिल्ला प्रहरी कार्यालय दैलेखले मानव बेचबिखन र बालविवाह कसुरमा तीनजनालाई पक्राउ गरेको छ। गत महिना पीडितले दिएको मानव बेचबिखन जाहेरीका आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा शोभाकुमारी बोहाेरालाई पक्राउ गरी  प्रहरीले अनुसन्धान सुरु गरेको थियो। 

अनुसन्धानपश्चात् सरकारी वकिल कार्यालय दैलेखमार्फत दैलेख जिल्ला अदालतमा मुद्दा पेस गरिएको र सोही आधारमा जिल्ला अदालत दैलेखमा भएको थुनछेक बहसपश्चात् शोभा बोहाेरालाई कारागार चलान गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिएका छन्। 

त्यसैगरी जिल्ला दैलेख डुंगेश्वर गाउँपालिका– ५ बस्ने विक्रम नेपालीले ललाइफकाई बालविवाह गरेको उजुरीका आधारमा उनीहरूकाे घरबाटै प्रहरीले विवाह गर्ने जोडीलाई पक्राउ गरेको छ। 

दैलेखको डुंगेश्वर बजारबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याई जिल्ला अदालत दैलेखबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको दैलेख प्रहरीले जानकारी दिएको छ।