१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format ११:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्ज विमानस्थलमा स्यालसँग ठोक्कियो बुद्ध एयरको जहाज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५७:oo

काठमाडाैंबाट नेपालगन्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाज बुधबार साँझ नेपालगन्ज एयरपोर्टमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ।

नेपालगन्ज एयरपोर्टका प्राविधिकहरूको सूचनाको आधारमा बुद्ध एयरको ‘४०७ ९ एनएजेएक्स’ कल साइन भएको जहाज नेपालगन्ज एयरपोर्टमा बेलुका ७ः०५ मा अवतरणका क्रममा रन–वेमा दौडिरहेको अवस्थामा जहाजको पांग्रामा स्याल ठाेक्किएको हो।  जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् भने जहाजमा पनि कुनै ठूलो क्षति नभएको  विमानस्थल स्रोतले जनाएको छ।

दुई हप्ताअघि मात्र नेपालगन्जबाट मुगु जाँदै गरेको सीता एयरको ट्विनअटर जहाजमा तीनवटा बँदेल ठोक्किएका थिए। जहाजमा ठोक्किएर ती बँदेल क्षतविक्षत हुनुका साथै जहाजमा ठूलो क्षति पुगेको थियो।