१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

एमाले मुख्यालयमा आत्महत्या गर्ने राजवंशी काव्यबिम्बमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o४:oo

नेकपा एमालेको तत्कालीन मुख्यालय बल्खुमा आत्महत्या गरेका झापा आन्दोलनका योद्धा तथा कम्युनिस्ट कार्यकर्ता डेगेन्द्र राजवंशीलाई काव्यबिम्ब बनाएर कवि विमल निभाको नयाँ पुस्तक प्रकाशित भएको छ। ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ शीर्षकको पुस्तक कवि निभाको चौथो कवितासंग्रह हो। 

चितवनमा सम्पन्न हुन लागेको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कवि निभाले एमालेको राजनीतिमा खासै चर्चा नगरिने घटनालाई विम्ब बनाएर कविताका माध्यमबाट पुनः बहस आमन्त्रण गरेका छन्। निभाले डेगेन्द्र राजवंशीको आत्महत्यालाई ‘नृशंसतापूर्वक’ गरिएको ‘आत्महत्यात्मक हत्या’ भनेका छन्। 

‘आलुबखडाको बोटमा जुन दिन डेगेन्द्र राजवंशी पासो लागे, त्यो दिन नेपालको कम्युनिस्ट आन्दोलनले पनि एक किस्ता मृत्यु बेहोर्‍यो,’ नयाँ कवितासंग्रहका सन्दर्भमा प्रकाशन संस्था ‘वेला पब्लिकेसन्स’का सम्पादक विनोदविक्रम केसीले भने, ‘अविराम उही आन्दोलनको अंश रहेका कवि विमल निभालाई दारुण बिम्बका हैसियतले डेगेन्द्रले सदैव आलो रहने शोक दिए, यो कविता सङ्ग्रह डेगेन्द्रकै नाममा सचोट र सआक्रोश समर्पित छ।’

साढे पाँच दशकदेखि कविता कर्ममा समर्पित कवि निभा थोरै तर शक्तिशाली कविता लेख्ने साधक मानिन्छन्। ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ पुस्तकमा उनका ७० वटा अप्रकाशित कविताहरू संगृहित छन्। निभाका यसअघि तीन कवितासंग्रह– ‘आगोनेर उभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ र दुई व्यंग्य निबन्धसंग्रह ‘चौथो कालम’ र ‘डाइनोसोर जिउँदो छ’ प्रकाशित छन्। उनले नेपालका प्रमुख पत्रिकाहरूमा लामो समयदेखि व्यंग्य स्तम्भ पनि लेख्दै आएका छन्।