मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ मङ्सिर ८ बुधबार १४:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : २५ जिल्लाका सभापति चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १४:४९:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी अधिवेशनबाट २५ जिल्लाका सभापतिहरू चयन भएका छन्। यसअघि १४ हिमाली र उच्च पहाडी जिल्लामा अधिवेशन सकेको कांग्रेसको दोस्रो चरणमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका २१ जिल्लामा मंसिर ६ बाट दोस्रो चरणमा अधिवेशन भइरहेको छ। 

२५ जिल्लाको अधिवेशन सम्पन्न भएसँगै एक मात्र निर्वाचन क्षेत्र भएका १० जिल्लाको निर्वाचनको परिणाम आउन बाँकी रहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बाँकी जिल्लाको पनि परिणाम आउने क्रममा रहेको जनाएको छ। प्राप्त परिणामअनुसार १३ जिल्लामा सभापति शेरबहादुर देउवा पक्षबाट सभापति चयन भएका छन्। ११ जिल्लामा संस्थापनइतर पक्षका सभापति चुनिएका छन्। जाजरकोटबाट सभापति चयन भएका बेदराज सिंह भने कुनै पनि पक्षमा खुलेका छैनन्। 

हालसम्मको परिणामअनुसार संस्थापन पक्षबाट जिल्ला सभापति बन्ने जिल्लाहरूमा मनाङ, हुम्ला, डोल्पा, जुम्ला, लमजुङ, डडेलधुरा, पाँचथर, सल्यान, ताप्लेजुङ, रामेछाप र म्याग्दी रहेका छन्। त्यस्तै वरिष्ठ नेता पौडेलले नेतृत्व गरेको इतर समूहका सभापति चयन भएका जिल्लाहरूमा लमजुङ, मुस्ताङ, संखुवासभा, भोजपुर, प्युठान, अर्घखाँची, बैतडी, रुकुमपूर्व, गोरखा, दोलखा, कालिकोट, बाजुरा र बझाङ रहेका छन्। 

दोस्रो चरणमा अधिवेशन सम्पन्न भई परिणाम आएका जिल्लामा प्युठानमा विष्णुकुमार गिरी, भोजपुरमा विनोद बान्तावा, डँडेलधुरामा भीमबहादुर साउद, पाँचथरमा रूपनारायण जबेगु, अर्घाखाँचीमा केशव श्रेष्ठ, सल्यानमा केशबहादुर विष्ट र लमजुङमा डा. टकराज गुरुङ जिल्ला सभापति बनेका छन्। 

त्यस्तै, जाजरकोटबाट बेदराज सिंह, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन्।