१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

नेपाल र भारतबीच कोरोना भाइरसविरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारीपत्र आदान–प्रदान भएको हो।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्यसचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन्।

यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक–अर्का देशमा आवतजावत गर्न पाइने भएकोे छ। कार्यक्रममा सचिव डा. पोखरेलले एक–अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताए।