१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १४:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी कांग्रेसको क्षेत्रीय सभापतिमा ढकाल र महत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत क्षेत्र नं. १ बाट पारिश्वर ढकाल सभापतिमा निर्वाचित भएका छन्। सत्यवती गाउँपालिका अध्यक्षसमेत रहेका ढकालले सभापतिका अर्का आकांक्षी मुक्ती कँडेललाई तीन सय ६२ मतान्तरले पराजित गरेका हुन्। 

कुल नौ सय ३२ मत खस्दा ढकालले ६ सय २७ र कँडेलले दुई सय ६५ मत प्राप्त गरेका छन्। सचिवमा माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी निर्वाचित भएका छन्। ढकालले चार सय ६१ र भण्डारीले चार सय २३ मत प्राप्त गरेका छन्। सहसचिवमा मधुसुदन ज्ञवालीले चार सय ४९ र डिल्लीराज पाण्डेले तीन सय ९० मत प्राप्त गरेर निर्वाचित भएका कांग्रेसले जनाएको छ।

यसैगरी, क्षेत्र नम्बर २ मा चन्द्रबहादुर महत सर्वसम्मत क्षेत्रीय सभापतिमा चयन भएका छन्। सभापतिका आकांक्षी महत र शिव केसी थिए। उनीहरूबीचबाट महतले सर्वसम्मत सभापति पाएका हुन्। सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन्। भण्डारीले चार सय ५८ र बस्नेतले दुई सय ९३ मत प्राप्त गरेका नेपाली कांग्रेस क्षेत्र नं. २ को निर्वाचन समितिका संयोजक अधिवक्ता भीम न्यौपानेले जानकारी दिए। त्यस्तै सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन्।

क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका छन्। खुलातर्फ खिलध्वज पन्थी, चन्द्र केसी, भुवनप्रसाद श्रेष्ठ, छन्तबहादुर पहराई, डा. दामोदर भुसाल, प्रेमनारायण भण्डारी, भगतसिंह खड्का, महेन्द्रप्रसाद भण्डारी, त्रैलोक्यप्रताप सेन र ज्ञानहरि सापकोट निर्वाचित भएका छन्। यसैगरी, महिलातर्फ अमृतादेवी कुँवर, कल्पना घिमिरे, विष्णुकुमारी सापकोटा र सुशीला भुसाल निर्वाचित भएका छन्। खस–आर्य पुरुषमा काशीबहादुर बोहरा, कृष्णप्रसाद सापकोट र पदम भट्टराई तथा खस–आर्य महिलातर्फ अनिषा अर्याल, पार्वती कुँवर र हेमन्ता अर्याल निर्वाचित भएका छन्। अपांगतर्फ कौरव खत्री, दलित पुरुषबाट रोमबहादुर विश्वकर्मा, जनजाति पुरुषबाट गोपाल थापामगर र जनजाति महिलाबाट हिमकला राना निर्वाचत भएका छन्।