मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ७ मंगलबार १३:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार १३:१७:oo

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रुपैयाँ तोकिएको छ। अधिल्लो दिन प्रतितोला ९३ हजार नाै सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार दुई सय ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय आठ डलर आसपासमा कारोबार भइरहेको छ। रासस