१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १२:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो।

यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले जनाएअनुसार यहाँ हरेक दिन कम्तीमा पनि ९० हजारजना संक्रमित हुने गरेका छन्। सो सेन्टरद्वारा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ९२ हजार आठ सयजना संक्रमित भएका छन्।

उनीहरूका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ९० हजारजनामा यो भाइरसको संक्रमण भेटिने गरेको छ। यो हप्ता यहाँ ९० हजारको हाराहारीमा  संक्रमित भेटिएका छन्। तर, सोमबार भने यसमा वृद्धि भएको हो। त्यसैगरी सो सेन्टरको तथ्यांकअनुसार यहाँ हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार यहाँ प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने नागरिकको संख्या बढिरहेको छ। पछिल्ला दिनहरूमा यसरी संक्रमित तथा मृत्यु हुनेको संख्या नै बढ्दै गएको देखिएको हो।

यहाँ कोभिडविरुद्धको खोप लगाउने संख्या भने धेरै छ। उक्त सेन्टरका अनुसार यो खोप नलगाउने व्यक्तिलाई लगाउनेलाई भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ। खोप नलगाउने व्यक्तिको मृत्युदर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी मृत्युको सम्भावना रहन्छ। रासस/सिन्ह्वा