१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन न्यायालयको विवाद छिटै समाधान होस् भन्ने पक्षमा छ : प्रमुख सचेतक गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले गठबन्धन न्यायालयमा देखिएको विवाद छिटै समाधान होस् भन्ने पक्षमा रहेको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पदमुक्तिका लागि सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको नेपाल बार एसोसिएसनको टोलीसँग गुरुङले यस्तो बताएका हुन्।

उक्त विषयमा पाँचदलीय गठबन्धनमा समझदारी बनिसकेको भन्दै उनले विवाद समाधानका लागि छिटोभन्दा छिटो पहल गर्ने बताए। 'पाँच दलमा एउटा समझदारी बनेको छ। न्यायालयको शुद्धीकरणका लागि छिटोभन्दा छिटो समाधान होस् भन्ने पक्षमा गठबन्धन छ। पार्टी पनि छिटोभन्दा छिटो समाधान होस् भन्नेमा कटिबद्ध छ,' प्रमुख सचेतक गुरुङले भने, 'पार्टीको धारणाको सन्दर्भमा यो पत्रलाई पार्टी अध्यक्षलाई बुझाएर छिटोभन्दा छिटो समाधानका लागि अनुरोध गर्नेछु।'