१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘मानव अधिकार चलचित्र महोत्सव’ भोलिदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

नवौँ संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मंसिर ६ गतेदेखि ९ गतेसम्म हुने भएको छ। मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुन लागेको महोत्सवको यो संस्करण भर्चुअल माध्यमबाट हुनेछ।

महोत्सवमा २४ देशका ४२ स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र र छोटा चलचित्र देखाइनेछ। महोत्सवमा चलचित्रहरू अनलाइन माध्यममार्फत नै देखाइनेछ। महोत्सवमा अन्य छलफल, अन्तर्क्रिया र बहसहरूसमेत हुनेछ।

महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोडिभ– १९ को प्रभाव’, ‘महिलाविरुद्ध हुने हिंसा रोक्न, सशक्तीकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’जस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरूबीच अन्तर्क्रिया हुने आयोजकले बताएको छ। आयोजकका अनुसार ‘ओटिटी प्लेटफर्ममा नेपाली सिनेमालाई कसरी पुर्‍याउने भन्नेबारे ‘मास्टरक्लास’को पनि  आयोजना गरिनेछ।

आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरू प्रदर्शनका लागि छनोट गरिएको हो। महोत्सवमा छनोट भएका चलचित्रहरू ‘मुभी डटकम’ वेबसाइटमा गएर हेर्न सकिनेछ। महोत्सव सुरु भएको दिनदेखि अर्काे दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिनेछ । महोत्सवमा अन्तर्राष्ट्रिय विधाका चलचित्रहरू मात्र प्रदर्शन गरिनेछ भने नेपाली विधाका चलचित्रहरूको प्रतिस्पर्धा हुनेछ। जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरूलाई निर्णायकमण्डलले उत्कृष्ट फिक्सन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनोट गरी पुरस्कार घोषणा गरिनेछ। निर्णायकमण्डलमा आशा मगराती, मनोजबाबु पन्त र लुना रञ्जित  रहनेछन्।

महोत्सवको सहआयोजकको रूपमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानाडेली राजदूतावास रहनेछ। महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसको सहयोग रहनेछ। त्यस्तै महोत्सव प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सञ्जाललगायतको सहकार्य र दर्जनौँ संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्।