१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ मा पाँचौँपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि महिला सहभागिता शून्य 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

प्रदेश २ सरकार पाँचौँपटक विस्तार हुँदा पनि मन्त्रिपरिषदमा महिला सहभागिता शून्य रहेकाे छ। आइतबार बिहान दुई मन्त्रीसहित नेकपा एकीकृत समाजवादी (नेकपा एस)पार्टी प्रदेश २ सरकारमा सहभागी भएको छ। तर, नेकपा एसले पनि दुई मन्त्रालयमा पुरुषलाई नै पठाएको छ। आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन्।

महतोलाई उद्योग, पर्यटन तथा वन र यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एसले एक मन्त्रालयको जिम्मेवारीमा महिलालाई नै पठाउने राजनीतिक वृत्तमा चर्चा चले पनि अन्तिममा दुवै मन्त्रालयमा पुरुषलाई नै पठाएको छ। नेकपा एसबाट महिला सांसद बेची लुंगेलीलाई सरकारमा पठाउने चर्चा रहेको थियो। 

अहिले  संघीय सरकारजस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धनको सरकार बनेको छ। प्रदेश सरकारमा मुख्यमन्त्री राउतसहित १० जनाको मन्त्रिपरिषद् रहेको भए पनि एकजना पनि महिला मन्त्रिपरिषद्का सदस्य हुन सकेका छैनन्। प्रदेश २ सरकार समावेशी र समानुपातिक नभएको भन्दै पटक– पटक आलेचना हुँदै आएको छ।