१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

देशभर थप दुई सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा दुई सय ७२ र एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो। 

यो अवधिमा सात हजार आठ सय ६३ जनाको पिसिआर परीक्षण र तीन हजार दुई सय ८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

हाल देशभर सात हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्। बिहीबार दुई सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ८९ पुगेको छ।