१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा लिमीदेखि रिमीसम्म माओवादी केन्द्रको अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४१:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संगठन मजबुत पार्नका लागि हुम्लामा अभियान थालेको छ। माओवादीले जिल्लाका सातै स्थानीय तहमा संगठन बलियो बनाउन उत्तरी लिमीदेखि दक्षिणी भेग रिमीसम्म अभियान सञ्चालन गरेकाे बताएकाे छ। 

जिल्लाको सातै गाउँपालिकाको राजनीतिक संगठनात्मक रिपोर्ट लिने र रिपोर्टमाथि उठेका विषयमा नेताहरूले स्पष्ट पार्ने माओवादी केन्द्रको दोस्रो जिल्ला बैठकले निर्णय गरेको छ। जिल्लाका सात गाउँपालिका र ४४ वटा वडामा संगठनात्मक रिपोर्ट लिने र त्यसको विषयमा छलफल हुने माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसीले जानकारी दिए। 

उत्तरी लिमीदेखि दक्षिणी रिमीसम्म वडा र गाउँपालिका सम्मेलन प्रभावकारी र व्यवस्थित गर्ने माओवादी केन्द्रका अध्यक्ष जैसीले बताए। सातै गाउँपालिकामा जिल्लाका अग्रज नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरी अभियान सञ्चालन हुन थालेको अध्यक्ष जैसीको भनाइ छ।  ताजाँकोट गाउँपालिकामा पार्टीका जिल्ला इन्चार्ज विजय भण्डारी, अदानचुली गाउँपालिकामा जिल्ला अध्यक्ष लालकेश जैसी, चंखेली गाउँपालिकामा प्रदेश कमिटी सदस्य कार्चेन लामा, सर्केगार्ड गाउँपालिकामा प्रदेश कमिटी सदस्य डा. दीपेन्द्र रोकायालाई जिम्मेवारी तोकिएको छ। 

त्यसैगरी  खार्पुनाथ गाउँपालिकामा पूर्वसांसद एवं प्रदेश कमिटी सदस्य छिमीदोर्जी लामा र सिमकोट गाउँपालिकामा सांसद तथा प्रदेश कमिटीका सदस्य छक्कबहादुर लामा अभियानमा जाने निर्णय भएको जिल्ला अध्यक्ष जैसीले बताए। 

दुई प्रादेशिक निर्वाचन समिति रहेको हुम्ला जिल्लामा मंसिर १५ गते निर्वाचन क्षेत्र ‘ख’ र मंसिर १८ गते निर्वाचन क्षेत्र ‘क’ मा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको पनि अध्यक्ष जैसीले जानकारी दिए।