१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘भोलाभेला’ कीटनाशक बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ०६:१९:००

श्री राजदेवी इन्टरनेसनल प्रालिले भोलाभेला नामक नयाँ कीटनाशक उत्पादन नेपाली बजारमा बिक्री–वितरण सुरु गरेको छ । कम्पनीले रसियामा बनेको कीटनाशक नेपाली बजारमा ल्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक पवनकुमार गर्गले उक्त किटनाशक रसियाको जेएससी कन्सर्न ग्य्रानिटको उत्पादन भएको बताए ।

यो कीटनाशक कोरोना, सार्स, हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, इकोलाई र  एचआइभीजस्ता विभिन्न खतरनाक कीटाणुविरुद्ध प्रभावकारी रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेको कम्पनीले जनाएको छ । यसमा एलर्जीको सम्भावना न्यून रहेको जनाइएको छ । भोलाभेला कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र  छाला था सार्वजनिक स्थान, कार्यालय, सवारीसाधन, अस्पताल, शैक्षिक संस्थाजस्ता ठाउँमा प्रयोग गर्न सकिने जनाइएको छ ।