१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:४१:oo

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभाकाे बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन्। सभामुखसहित ९२ सांसद रहेका प्रदेश सभामा ७९ सांसदले मतदानमा भाग लिएका थिए।

मतदानमा उपस्थित सांसदमध्ये मुख्यमन्त्री राईको पक्षमा ५० सांसदले विश्वासको मत दिँदा २९ जनाले विपक्षमा मतदान गरेका छन्। विपक्षी ४२ सांसदमध्ये २९ जना मात्र मतदानमा सहभागी भएका हुन्। पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री राईलाई सतप्रतिशत मत प्राप्त भयो।

१५ कात्तिकमा एमालेका भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संघीय लिम्बुवान मञ्चसहितको पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए।