
कोकाकोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एन्ड मिल्सको थिमअन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स सार्वजनिक गरेको छ । भाइबर प्रयोगकर्ताले आफन्त वा साथीभाइसँग कोक र खानाको संयोजन छान्ने सुविधा रहेको भाइबर लेन्स सार्वजनिक गरिएको हो ।
नेपालमा एक करोडभन्दा बढी भाइबर प्रयोगकर्ताले यस रमाइलो फिल्टरको मज्जा लिन सक्ने जनाइएको छ । यसमा उनीहरूले आफ्ना साथीहरू, सहकर्मीहरू वा परिवारलाई आफ्ना लागि कोक र खानाको लोकप्रिय संयोजनका लागि माग गर्न सक्ने कोकाकोलाले जनाएको छ ।
फिल्टरमा कोक र मोमोज, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र मिल्सका कम्बोहरू र्यान्डम्ली जेनेरेट हुने जनाइएको छ । जेनेरेट भएको एउटा कोक एन्ड मिल्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गरेर साथी, सहकर्मी वा परिवारलाई कम्बो किनिदिन अनुरोध गर्दै पठाउन सक्ने जनाइएको छ । प्रयोगकर्ताले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्ने कम्पनीले जनाएको छ ।