मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार २०:१५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानको साधारणसभा मध्य पुसमा, मुख्य प्रशिक्षक छान्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार २०:१५:००

नेपाल क्रिकेट संघ (क्यान)ले  १४ र १५ पुसमा साधारणसभा गर्ने निर्णय गरेको छ । क्यानको मंगलबार बसेको बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि संघका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँचसदस्यीय छनोट समितिसमेत गठन गरेको छ ।

ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमानविरुद्धको शृंखलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षकविहीन छ ।

क्यानले १ कातिकमा मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाले निवेदन दिएका छन्  ।

मल्लको संयोजकत्वमा पाँचसदस्यीय छनोट समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एकजना आइसिसी प्रतिनिधि रहनेछन् ।
बैठकले संघको विधानअनुसार ४ वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट संघहरूको अधिवेशन ७ माघभित्र सम्पन्न गर्न सम्बन्धित संघलाई निर्देशनसमेत दिएको छ । साथै, बैठकले संघको आर्थिक कार्यविधि पारितसमेत गरेको छ ।

बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता १५ पुससम्म सम्पन्न गर्नेलगायतका निर्णय गरेको छ ।