१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार ०६:४९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सामूहिक चित्रकला प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार ०६:४९:००

कलाकार रत्नकाजी शाक्य, चन्दा श्रेष्ठ, सुष्मा राजभण्डारी, गजेन्द्रमान श्रेष्ठले सामूहिक रूपमा चित्रकला प्रदर्शनी आयोजना गरेका छन् । सोभिनियर ग्यालरी क्याफेमा उनीहरूले तयार पारेका विभिन्न कलाकृति प्रदर्शनीमा राखेका छन् । चारजना कलाकारले सन् २००२ मा ४–स्ट्रोक नामक संस्था स्थापना गरी बंगलादेश, जापान, भारतलगायतका देशमा चित्रकला प्रदर्शनी गर्दै आइरहेका छन् । सोही प्रदर्शनीको निरन्तरतास्वरूप नेपालमा पनि कार्यक्रम आयोजना गरिएको हो ।

प्रदर्शनीमा प्रा.डा. कृष्ण पराजुली, प्राज्ञ माधव प्रधान, प्राज्ञ रमेशनाथ खनाल, उशा श्रेष्ठ, वरिष्ठ कलाकारदेखि विद्यार्थी कलाकार, कला लेखकहरूको उपस्थिति थियो । प्रदर्शनीको उद्घाटन कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले गरेका थिए । 

कार्यक्रममा प्राज्ञ चन्दा श्रेष्ठले संस्थाले सन् २००२ देखि नेपाली चित्रकलालाई नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गर्दै आएको बताइन् । यस्तै नगरप्रमुख महर्जनले ललितकला देश विकासको मेरुदण्ड भएको बताए । उनले कलाको विकासविना देशको विकास सम्भव नहुने बताए । प्रदर्शनीमा चारजना कलाकारहरूका ३३ वटा चित्र प्रदर्शन गरिएको थियो । प्रदर्शनी २७ कात्तिकदेखि ११ मंसिरसम्म जारी रहनेछ ।