Skip This
भारत सरकारको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार घर पुनर्निर्माण सम्पन्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार घर पुनर्निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ। सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सो जानकारी गराएको हो।

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्य खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको बताइन्। नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै उनले गोरखा, नुवाकोट र काठमाडौंलगायतका क्षेत्रमा सांस्कृतिक सम्पदाहरू पुनः निर्माणमा सहयोग गरिरहेको उल्लेख गरिन्।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मा भारत सरकारले युएनडिपी र युएनओपिएलाई यस परियोजनामा संलग्न गराएको जानकारी दिए। 

उनले १०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिटअन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिबद्धताता जनाएअनुरूप काम सम्पन्न भएको बताए।