१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालोपट्टी बाँधेर सिराहाका कानुन व्यवसायी प्रदर्शनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जिल्ला अदालत सिराहाका कानुन व्यवसायीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। नेपाल बार एसाेसिएसनको निर्देशनअनुसार बार एसाेसिएसन सिराहाको आह्वानमा कानुन व्यवसायीहरूले आइतबार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म कालोपट्टी बाँधेर विरोध जनाएका हुन्।

बार एसोसिएसन सिराहाका अध्यक्ष वीरेन्द्रकुमार सिंहको अगुवाइमा जिल्ला अदालतको मूल गेटमा कानुन व्यवसायीहरूले विरोध जनाएका हुन्। विरोध प्रदर्शनका क्रममा कानुन व्यवसायी मधुसुदन यादवले अदालतमा बिचौलिया हावी भएको बताए। अधिवक्ताहरूले जिल्ला अदालतमा पनि चरम घुसखोरी मौलाएको उल्लेख गर्दै शुद्धीकरण जरुरी भएकोमा जोड दिए। जिल्ला बारले भोलि र पर्सि पनि विरोधका कार्यक्रम आयोजना गर्ने अध्यक्ष सिंहले जनकारी दिए।