१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २१:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश र पालिकामा सातसदस्यीय पदाधिकारी रहने गरी माओवादी केन्द्रकाे  विधान संशोधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २१:o६:oo

नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ। आज सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सातसदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ। जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष,  एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ। साबिकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो।  

कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँचसदस्यीय वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ। त्यसैगरी बैठकले संगठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेकाे छ।

अहिले सदस्यता विस्तार, नवीकरणलगायत सांगठनिक सुदृढीकरणमा माओवादीकेन्द्रित भएको छ। राष्ट्रिय सम्मेलनको तयारीस्वरूप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै छ ।