१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता थापाको आग्रह– प्रधानन्यायाधीशज्यू ! घोर जुवा नखेल्नुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:४१:oo

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरालाई जुवा सकिएकाले घोर जुवा नखेल्न आग्रह गरेका छन्। बारको धर्नापछि बोल्दै थापाले जबराले कुर्सी छोड्दैनन् भने कार्यकालभरि आन्दोलन हुने चेतावनी दिए। जबराले सर्वोच्च अदालतलाई बन्ध्याकरण गरेको उनको टिप्पणी छ।

बारले बहिष्कार गरेपछि प्रधानन्यायाधीशको बहिर्गमन भइसकेको उनको भनाइ छ। ‘तपाईंको बहिर्गमन भइसकेकको छ। बारले बहिर्गमन गरेपछि बहिर्गमन भइसक्यो,’ उनले भने, ‘प्रहरी र सेनाको घेरा हालेर मूलगेट छाडेर चोरबाटोबाट छिर्ने प्रधानन्यायाधीशलाई गंगाजल छर्केर पनि अब बचाउन सम्भव छैन।’ उनले दलहरूलाई यो विषयमा स्पष्ट बोल्न आग्रह गरे। ‘दलहरू पनि भ्रष्ट प्रधानन्यायाधीश चाहिन्छ कि चाहिँदैन स्पष्ट बोल्नुपर्छ,’ उनले भने।

ad
ad