१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक २५ बिहीबार २०:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, जम्मकट्टेल र लामाले लिए शपथ

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २५ बिहीबार २०:०६:००

बागमती प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन्। ११ कात्तिकमा पाण्डे मुख्यमन्त्री बन्दा पहिलो चरणमा तीनजना मन्त्री नियुक्त गर्दै चारसदस्यीय मन्त्रिपरिषद् निर्माण गरिएको बागमतीम बिहीबार दुईजना मन्त्री थपिएका हुन्। उनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

मन्त्री नियुक्त भएका जम्मकट्टेल र लामाले बिहीबार साँझ ५ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनीहरूलाई शर्माले शपथ गराए। जम्मकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका ‍थिए। भँडेल भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। बागमतीमा सत्ता गठबन्धनले ११ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै १६ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीसँगै निरन्तर छलफल गरिरहेको छ। हाल रहेको ८ वटा मन्त्रालय फुटाएर ११ बनाउने गठबन्धनको तयारी छ।