मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
रासस
Invalid date format १३:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टिग्रेका लागि सहायता बोकेका राष्ट्रसंघका ट्रक इथियोपियाली सरकारद्वारा नियन्त्रण

Read Time : < 1 मिनेट
Invalid date format १३:३८:oo

संयुक्त राष्ट्रसंघले इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका कम्तीमा पनि ७० वटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरूले नै नियन्त्रणमा लिएकाे जनाएको छ। ती ट्रकहरूमा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरूका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरूप त्यहाँ पठाइएको थियो । 

तर, त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरू नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के–कस्तो छ भन्नेबारेमा केही पनि थाहा हुन नसकेको बताएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत सो घटनाबारे जानकारी दिएका हन्।  

उनले ती ट्रकहरूको अवस्था के छ र कहाँ राखिएको छ तथा सवारीचालकहरूको पनि अवस्था के छ भन्नेबारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिएका छन्। 

उनीहरूको खोजीकार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले इथियोपियाको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन्। इथियोपियाको  टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिंसा जारी  छ। हिंसाका कारण लाखौँ मानिस खाद्यान्नलगायतको मानवीय सहायताको अभावमा रहेको बताइएको छ।