१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाली पाठकलाई पाउलो कोएलोकाे भिडियो सन्देश  

बजारमा हिप्पीको नेपाली अनुवाद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति हिप्पीका नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन्। प्रकाशक फाइनप्रिन्टले हिप्पीको नेपाली अनुवाद सार्वजनिक गरेको सन्दर्भमा उनले उक्त सन्देश पठाएका हुन्। 

पाउलोले भिडियोको सुरुवातमा भनेका छन्, ‘यो दृश्यसामग्री नेपाली साथीहरूका लागि हो। म र मेरा कृतिलाई माया गरिदिएकोमा तपाईंहरूलाई धेरैधेरै धन्यवाद।’ कोएलोका प्रशंसक नेपाली लेखक बुद्धिसागरलाई समेत उनले भिडियो सन्देशमा सम्झिएका छन्। विश्वप्रसिद्ध  लेखक पाउलोको पुस्तक अंग्रेजीमा पढ्न नसक्नेहरूका लागि हिप्पीको यो अनुवाद उपयोगी हुने लेखक बुद्धिसागरले बताए। ‘अन्तर्राष्ट्रिय पुस्तक आफ्नै भाषामा पढ्न पाउनु नेपाली पाठकका लागि खुसीको विषय हो,’ उनले भने। 

हिप्पीको नेपाली संस्करण फाइनप्रिन्टले प्रकाशन गरेको हो। जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो हिप्पी । बोके दारी र लामो दारी पालेको पाउलोले याम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी ट्रेल पछ्याउँदै काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छिन्। उनीसँगै पाउलो म्याजिक बस चढेर काठमाडौंका लागि हिँड्छन्। अनि सुरु हुन्छ उनीहरूको जीवन परिवर्तन गर्ने प्रेमकथा। हिप्पीको नेपाली अनुवाद लेखक सुरेश बडालले गरेका हुन्। 

कोएलो विश्वव्यापी रूपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनुवाद भएको उपन्यास द अल्केमिस्टका लेखक हुन्।