१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ललितपुर र धनगढी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२३:oo

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले मंगलबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा ललितपुरले निर्मल विकको ह्याट्रिकको मद्दतमा शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरकी मनीषा सेनले एक गोल गरिन् । अर्को खेलमा धनगढीले भने बाँसगढी नगरपालिका बर्दियामाथि १२–१ को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । 

धनगढीको जितमा चन्द्रा भण्डारीले पाँच तथा रेखा कुमारी पौडेलले चार गोल गरेका थिए । ललितपुरले शिवसताक्षीविरुद्ध पहिलो हाफमै चारै गोल गरेको थियो । दोस्रो हाफमा शिवसताक्षीले डिफेन्स लाइन बलियो बनाउँदा ललितपुरले थप गोल गर्न सकेन । पहिलो हाफमा गरेको प्रदर्शन आधारमै ललितपुरले खेल जित्यो । खेलको छैटौँ मिनेटमा निर्मलाको गोलबाट ललितपुरले १–० को अग्रता बनायो । ललितपुरले खेलको २२औँ मिनेटमा निर्मलाको व्यक्तिगत दोस्रो गोलमा २–० को अग्रता लियो । खेलको ३५औँ मिनेटमा निर्मलाले ह्याट्रिक पूरा गरिन् । 

अर्को खेलमा सुरक्षाकुमारी सिंह, सरस्वती रोकाया र विर्सना चौधरीले बाँसगढीविरुद्ध एक–एक गोल गरेका थिए । बाँसगढीकी अमिशा कार्कीले एक गोल फर्काइन् । प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फेयर प्ले टोलीले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । 

ad
ad