१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको निष्कर्ष : न्यायालयभित्रको विवाद न्यायालयले नै टुंगो लगाउँछ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

नेकपा माओवादी केन्द्रले न्यायालयभित्रको विवाद न्यायालयले नै टुंगो लगाउने बताएको छ। न्यायालय स्वतन्त्र संस्था भएकाले त्यसमा देखिएको विवादबारे बोल्न उपयुक्त नहुने निष्कर्ष माओवादी स्थायी समिति बैठकको छ। ‘न्यायालय स्वतन्त्र संस्था हो,’ प्रवक्ता कृष्णबहादुर महराले भने, ‘न्यायालयभित्र देखिएको विवाद न्यायालय आफैँले टुंगो लगाउँछ।’ अदालतभित्र देखिएको विवादबारे दलहरूलाई बोल्न दबाब परिरहेको समयमा माओवादी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

यस्तै, माओवादीले पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ। पुस ११ देखि १३ गते सम्मेलन चल्नेछ।  एमसिसीको विषयमा राष्ट्रिय सहमति र संशोधन नगरी अगाडि नबढाउने पनि स्थायी समितिले निर्णय गरेको छ। प्रदेश समितिको पदाधिकारी टुंगिन बाँकी विषय त्यस प्रदेशका केन्द्रीय समितिका सदस्य र अध्यक्ष प्रचण्डको उपस्थितिमा टुंगो लगाउने पनि माओवादी निर्णय छ।