मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धन बैठक : रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन, नेतृत्व आलोपालो गर्ने (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

सत्तागठबन्धनले सरकार सञ्चालनमा सहयोगीको रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समन्वय समिति बनाएका छन्। सोमबार बसेको सत्तागठबन्धनको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको पौडेलले जानकारी दिए। 
समन्वय समितिमा पाँच दलका २-२ जना प्रतिनिधि रहनेछन् भने सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सदस्यमा रहेका छन्। राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन्। दुई दलले थप एक सदस्यको नाम पार्टीमा सल्लाह गरेर दिने बताएका छन्। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम दिएको छ।

समन्वय समितिको नेतृत्व प्रत्येक दुई महिनामा आलोपालो गर्नेसमेत गठबन्धनले निर्णय गरेको छ। यस्तै, निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिन दलहरू सहमत भएका छन्। राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले सहकार्य गर्ने निर्णय गरेको पौडेलले बताए।