१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यात्रुवाहक जिप दुर्घटना, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१७:oo

सल्यानको कालिमाटीबाट दाङ आउँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख टीका महतराका अनुसार सल्यानको कालिमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे.१ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका– ३ का जिपधनी अन्दाजी ४० वर्षीय देवबहादुर सुनार रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको महतराले जानकारी दिए। महतराका अनुसार घाइतेहरूमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको छ भने चालक फरार रहेका छन्।

दाङको बबई गाउँपालिका– ३ ठाडो खोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको हो। दुर्घटनाबाट घाइते भएका  ११ जनालाई उपचारका लागि तुलसीपुर ल्याइएको छ।