१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२६:oo

रौतहटको गौरबाट काठमाडौंतर्फ गइरहेको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा देउसी खेल्न हिँडेको टोलीलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । नौजना घाइते भएका छन् । बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले राति १० बजेतिर भैलाराको टोलीलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा हेटौँडा– १९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये पाँचजनाको हेटौँडा– ११ स्थित चुरेहिल अस्पताल र तीनजना घाइतेको भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए । एकजना सामान्य उपचारपछि घर फर्किसकेका छन् । 

दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । सडकमा बस आगजनीका कारण केही घन्टा राजमार्ग अवरुद्ध भएको थियो । डिएसपी रिमालका अनुसार बसचालक रौतहटको चन्द्रपुर नगरपालिका– ६ बस्ने ३८ वर्षीय अमितकुमार कार्की र बसमा आगजनी नियन्त्रण र राजमार्ग खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने हेटौँडा– १९ का ३२ वर्षीय सुनील ठकुरी पक्राउ परेका हुन् । 

ad
ad