मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १८ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १८ बिहीबार १४:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विवेकशील साझाको संशोधित विधान र केन्द्रीय समिति निर्वाचन आयोगमा अद्यावधिक, संयोजक पाण्डेको अधिकार खोसियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १८ बिहीबार १४:३७:oo

विवेकशील साझा पार्टी रवीन्द्र मिश्र पक्षले निर्वाचन आयोगमा पठाएको नयाँ विधान र केन्द्रीय समिति अद्यावधिक भएको छ। विवेकशील साझा पार्टीमा संयोजक मिलन पाण्डे पक्ष र अध्यक्ष मिश्र पक्षबीच विवाद छ। विवादकै बीचमा मिश्र पक्षले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ हुने भन्दै आयोगमा अद्यावधिक गर्न पठाएको थियो।

कात्तिक ११ गते अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले अन्य निर्णयहरूका अलावा दुईतिहाइभन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गर्नुका साथै केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या (५ जनाको राजीनामा र एकजनाको देहावसानका कारण) १२४ रहेको जानकारी गराएको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन्। 

संशोधित विधानअनुसार संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसंग्रहको विषय राखिएको छ। मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न आग्रह गरेको पाठकले बताए।