१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

जी– २० मा भारत महत्वपूर्ण साझेदार : मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:४३:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी– २० समूहमा भारतलाई भरपर्दो साझेदारका रूपमा प्रस्तुत गरेका छन् । आइटी र बिपिओ सप्लाई चेन अविराम चलिरहेको भन्दै मोदीले जी– २० मुलुकहरूको अर्थतन्त्रको पुनर्स्थापनाका लागि भारतको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।

भारतीय विदेश सचिव हर्षबर्धन शृंगलालाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएअनुसार मोदीले जी– २० सम्मेलनको उद्घाटन सत्रमा शनिबार राखेको मन्तव्यले भारतको भूमिका थप स्पष्ट पारेका हुन् । साझेदार मुलुकले पनि भारतको भूमिकालाई त्यही रूपमा आत्मसात् गरेको शृंगलाको भनाइ छ । भारतले गरेका आर्थिक सुधारका कार्यहरूप्रति अन्य मुलुक पनि विश्वस्त रहेको उनले बताएका छन् ।

मोदीले एक स्वास्थ्य, एक विश्वको नारामा जोड दिँदै स्वास्थ्य क्षेत्रको अन्वेषण र विकासमा जी– २० मुलुकहरू सहकार्य र साझेदारी हुनुपर्ने बताएका छन् । उनको प्रस्तावमा अन्य मुलुकका शीर्ष नेताले पनि सकारात्मक रेस्पोन्स गरेको विदेश सचिव शृंगलाले बताएका छन् ।  मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पनि यस सम्बन्धमा बेग्लै साइडलाइन छलफल भएको इकोनोमिक टाइम्सले जनाएको छ । 

ad
ad