आज तिहारको दोस्रो दिन कुकुरतिहार । हिन्दू नेपालीहरूले आज कुकरको पूजा गरी यो पर्व मनाउँदै छन् । नेपाली सेनाले पनि आज कुकरको पूजा गरेको छ । सेनाले अपराध–अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुर (डग)लाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विस्फाेटक पदार्थ पत्ता लगाउन र सुरक्षागार्डमा कुकुरको प्रयोग गर्दै आएको छ । सैनिक मुख्यालय भद्रकालीमा हामीले जे देख्यौँ :