Skip This
चौथाे दिन पनि बारको धर्ना निरन्तर, तिहारपछि सशक्त आन्दोलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चौथाे दिन पनि बारको धर्ना निरन्तर, तिहारपछि सशक्त आन्दोलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १o:३२:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन चौथो दिन पनि जारी  छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत बारले अन्तिम दिन पनि धर्ना दिएको हो।

अहिले नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरूले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्। सयौँको संख्यामा कानुन व्यवसायीहरू सर्वोच्च अदालत परिसरमा धर्नामा सहभागी बनेका छन्।  

बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित आइतबारबाट धर्नाको कार्यक्रम घोषणा गरेको थियो। नेपाल बारले राजीनामा बारको बटमलाइन बनेकाले राजीनामा  नआएसम्म बारले चरणबद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने बताएको छ।  आजबाट पहिलो चरणको आन्दोलनको कार्यक्रम पूरा हुनेछ। बारले तिहारपछि थप सशक्त आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउने बताएको छ।

ad
ad