१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो : अधिवक्ता अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:o४:oo

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा नै रहेको प्रष्ट पारेका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन्।

प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत नियुक्त नभएको प्रष्ट पार्दै उनले जबराले संवैधानिक रुपमा आएकाले त्यहीअनुसार जान्छु भन्ने अवस्था नरहेको बताए। 'प्रधानन्यायाधीशमाथिको  विश्वास टुटिसकेको छ। यो रोजगारीको हकअन्तर्गत पाएको होइन। संवैधानिक रुपमा आएको र यहि रुपमा जान्छु भन्ने समय होइन।'

महाभियोग लगाउनु संसदको दायीत्व भएको स्मरण गराउँदै अधिवक्ता अर्यालले राजीनामा नआए महाभियोग लगाउन संसदलाई आग्रह गरेका छन्। उनले भने, 'सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो। राजीनामा नगरे यो संसदको दायित्व हुन जान्छ। यस (महाअभियोग)का लागि म संसदलाई आग्रह गर्छु।'

ad
ad