मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक १६ मंगलबार ०९:१२:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन उपलब्ध छैन डेंगुविरुद्धको भ्याक्सिन ? 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक १६ मंगलबार ०९:१२:००

पछिल्लो दुई सातादेखि काठमाडौंका अस्पतालहरूमा डेंगुका बिरामी देखिन थालेका छन् । सन् २०१९ मा महामारीको रूप लिएको डेंगु संक्रमणले गत वर्ष खासै असर नगरे पनि यो वर्ष चिसो बढेसँगै देशभरि देखिन थालेको छ ।

 डा. शेरबहादुर पुन भाइरोलोजिस्ट

एक भाइरल सेरोटाइपविरूद्ध प्रतिरक्षा एन्टिबडीहरू संक्रमित भएमा वा विकास गर्दा बिरामीलाई अर्को सेरोटाइपबाट थप गम्भीर संक्रमण हुन सक्ने भएकोले भ्याक्सिन प्रभावकारी मानिँदैन । यो भ्याक्सिन विश्वभर प्रयोगका लागि मान्यता नदिइएकोले नेपालमा डेंगुविरुद्धको भ्याक्सिन उपलब्ध नभएको हो । 

चिकित्सकहरूका अनुसार केही वर्षयता जाडो मौसममा डेंगु संक्रमणले प्रकोपकै रूप लिँदै आएको छ । डेंगु एक प्रकारको लामखुट्टेबाट सर्ने भाइरल रोग हो । जुन डेंगु भाइरसका कारणले हुने गर्छ । यो भाइरल संक्रमण एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टे र केही हदसम्म एईद्वारा फैलिन्छ । डेंगु भाइरस विभिन्न किसिमको हुन्छ, जसलाई सेरोटाइप भनिन्छ । नेपालमा डेंगु १, २, ३ र ४ गरी चारवटा सेरोटाइपको संक्रमण देखिएको चिकित्सकहरू बताउँछन् । यी सेरोटाइपहरू भिन्न प्रकृतिका हुने भएकोले एकपछि अर्को संक्रमणको सम्भावना रहन्छ । जस्तै एउटा सेरोटाइप संक्रमणको उपचार गरे पनि अर्को सेरोटाइप निको हुँदैन । अर्थात् एउटा सेरोटाइपविरूद्धको एन्टिबडी शरीरमा भए पनि अर्को सेरोटाइपले संक्रमण गर्न सक्छ । 

डेंगु संक्रमणपछि परीक्षण र काउन्सिलिङको लागि टेकु अस्पताल आउनेहरू बढिरहेको अस्पतालले जनाएको छ । तर, कोभिडका बिरामी मात्रै भर्ना गरिरहेको टेकु अस्पतालले डेंगुका बिरामीलाई उपचारका लागि अन्यन्त्र पठाउने गरेको छ । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत डेंगु संक्रमणको परीक्षण गरिन थालेको प्रयोगशालाकी निर्देशक डा. रूना झा बताउँछिन् । उनी भन्छिन्, ‘पछिल्लो साता गरिएका परीक्षणमा डेंगु पजिटिभ देखिएका बिरामी र डेंगुका स्याम्पलहरू पनि बढेका छन् ।’ संंक्रमितको संख्या धेरै नभए पनि गत वर्षको तुलनामा काठमाडांैमा डेंगु संक्रमण बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । 

६ वर्षअघि नै आएको थियो भ्याक्सिन

भाइरस संक्रमण नियन्त्रणका लागि भ्याक्सिनलाई प्रभावकारी मानिन्छ । तर, वर्षौँदेखि डेंगु प्रकोपको रूपमा फैलिँदासम्म यसविरूद्धको भ्याक्सिन भने सहज उपलब्ध हुन सकेको छैन ।

डेंगु भ्याक्सिया (सिवाइडी–टिडिभी) नामक डेंगु खोप छ, जुन डेंगुविरुद्धको पहिलो खोप हो र यो सन् २०१५ मा तयार भएको थियो । केही देशहरूमा ९ देखि ४५ वर्ष उमेर समूहमा खोप प्रयोग हुँदै आएको पनि छ । 

डेंगु भाइरसमा चारवटा सेरोटाइपहरू हुन्छन्, तर डेंगुविरूद्धको भ्याक्सिनले एउटा सेरोटाइपविरूद्ध मात्रै काम गर्ने भएकाले प्रभावकारी मानिँदैन । यस्तै, बालबालिका र वृद्धवृद्धाका लागि समेत भ्याक्सिन उपलब्ध नहुँदा त्यति प्रयोगमा नआएको हो । विशेषज्ञहरूका अनुसार एक भाइरल सेरोटाइपविरूद्ध प्रतिरक्षा एन्टिबडीहरू संक्रमित भएमा वा विकास गर्दा बिरामीलाई अर्को सेरोटाइपबाट थप गम्भीर संक्रमण हुन सक्ने भएकोले भ्याक्सिन प्रभावकारी मानिँदैन । यो भ्याक्सिन प्रयोगका लागि विश्वभर मान्यता नदिइएकोले नेपालमा डेंगुविरूद्धको भ्याक्सिन उपलब्ध नभएको भाइरोलोजिस्ट डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘डेंगुविरूद्धका भ्याक्सिनहरू बन्ने क्रम अझै जारी छ । हालसम्म विश्वभर सबै सेरोटाइपका लागि प्रभावकारी हुने भ्याक्सिन आइसकेकोको छैन ।’  

भारतको नेसनल सेन्टर फर बायालोजिक साइन्स (एनसिबिएस)ले डेंगुविरुद्धको भ्याक्सिनमाथि अनुसन्धान गरिरहेको जनाएको छ । केही समयअघि प्रकाशित ट्रायल अध्ययनले भाइरसका चारवटै सेरोटाइपहरूबाट ‘इडी आइआइआई’ नामक भाइरल प्रोटिनको एक भागबाट भ्याक्सिन निर्माण गरेको उल्लेख छ । अनुसन्धानकर्ताहरूले स्ट्रेन–२ सेरोटाइपबाट एनएस १ प्रोटिन पनि चयन गरेर भ्याक्सिन बनाइएको दाबी गरिरहेका छन् । 

यस्ता छन् डेंगुका लक्षण
चिकित्सकहरूका अनुसार धेरैजसोमा डेंगु संक्रमण सामान्य उपचारपछि निको हुन्छ । तर, संक्रमणलाई बेवास्ता गर्दा वा समयमै ध्यान नदिँदा जटिल रूप लिने सम्भावना पनि हुन्छ । अन्यको तुलनामा स्ट्रेन–२ बढी घातक मानिन्छ । जसले आन्तरिक रक्तस्राव र एक्कासि चिन्तित हुनेजस्ता लक्षणहरू देखिन्छन् । सामान्यतय संक्रमण भएको ४–१० दिनसम्ममा लक्षण देखापर्ने हुन्छ । अधिकांशमा अत्यधिक टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने वा आँखाको गेडी दुख्ने, शरीरमा स–साना राता बिबिरा देखिने, वाक्वाक् लाग्ने, बान्ता हुने र जोर्नी वा मांसपेशी दुख्ने लक्षणहरू देखिन्छ । समयमै उपचार नगरिए ज्यानै जाने सम्भवनासमेत रहन्छ ।